|

अछाम : धनगढीदेखि अछाम हिँडेका अछामका एक युवा ८ दिनदेखि बेखबर छन्। भारतबाट रोजगारी गरेर घर फर्किंदै गरेका अछामको पन्चदेवल बिनायक नगरपालिका २ का ३४ वर्षीय कलम चलाउने ३० पुस बिहानदेखि बेखबर रहेको उनका आफन्तले जनाएका छन्।

प्रहरी कार्यालय बिनायकका प्रहरी इन्चार्ज तथा प्रहरी नायव निरीक्षक ( सई) प्रेमसिंह ऐरले चलाउने बेपत्ता भएबारे खोजीका लागि आइतबार  निवेदन परेको र  प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएका छन्।

२ वर्षदेखि भारतमा रोजगारी गरेर फर्किएका चलाउनेले ३० पुस बिहान आफू धनगढीबाट हिँडेको भनेर फोन गरेदेखि सम्पर्कविहीन भएको उनका भतिजा डम्बर चलाउनेले जानकारी दिए। धनगढीबाट अछामसम्म १ दिनको बाटो हो। प्रहरी खोजी कार्यमा लागिसकेको पनि प्रहरी निरीक्षक ऐरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.