|

उदयपुर : बर्सेनि उदयपुरको गाईघाटमा आयोजना हुँदै आएको ‘उदयपुर गोल्डकप’ आउँदो फागुनको अन्तिम साता हुने भएको छ। यस पटक पाँचौँ उदयपुर गोल्डकप आयोजना हुन लागेको मूल आयोजक समितिका संयोजक किरण राईले जानकारी दिएका हुन्।

उदयपुरमा आयोजना हुने गोल्डकपमध्ये उदयपुर गोल्डकप पहिलो हो। चौदढण्डीगढी नगरपालिकाको बसाहामा आयोजान हुने नारदमुनी गोल्डकप र कटारी नगरपालिकाको कटारी गोल्डकपभन्दा पुरानो उदयपुर गोल्डकप हो।

‘उदयपुरको गोल्डकपको लागि अखिल नेपाल फुटबल संघबाट ठ्याक्कै मिति भएको छैन,’ उदयपुर गोल्डकप मूल आयोजक समति संयोजक राईले भने, ‘फागुन अन्तिम साता सक्ने गरी मिति तोक्ने भनेर आन्तिरिक तयारी थालेका छौँ।’

गाईघाटको थारुहट उदयपुर रंगशाला आयोजना हुने गोल्डकप उदयपुरको लागि मर्मतको काम सुरु भइसकेको छ। ०६८ मा स्थापना भएको गोल्डकपमा ए डिभिजनका क्लब र घरेलु टिमले सहभागी जनाउँदै आएका छन्।

बर्सेनि गोल्डकप विजेताले नगद २ लाखका साथमा सिल्ड र प्रमाणपत्र  र उपविजेतालाई एकलाख नगद सहित शिल्ड प्रदान गरिँदै आएको संयोजक राईको भनाइ छ। स्वास्थ्य, अनुशासन र राष्ट्रिय एकता र सदभावका लागि उदयपुर गोल्डकप भन्ने नाराका साथ फुटवल प्रतियोगिता नक आउटको आधारमा खेलाईने आयोजकले जनाएको छ।

गत वर्षको यस्तो छ आयव्यय

आयोजकका अनुसार चौथो उदयपुर गोल्डकपले खुद आम्दानी ३४ लाख ४४ हजार ५ सय गरेको थियो। जसमा जम्मा खर्च ३१ लाख ७० हजार ९ सय ८९ भएको छ। मुल आयोजक समतिका संयोजक राईले भने, ‘खर्च कटाएर नाफा मात्र २ लाख ७३ हजार ५ सय ११ गरेको थियो।’

चौथो उदयपुर गोल्डकपको आय व्यय प्रतिवेदन अनुसार फिल्ड तयार तथा मर्मत गर्न ३ लाख ९८ हजार ७ सय ८६ रुपैँया, सम्मान तथा पुरस्कारको लागि ४ लाख २७ हजार ६ सय, मञ्च व्यवस्थापनमा २ लाख २ हजार ५ सय ३५ रुपैयाँ, सहभागी खेलाडी टिमलाई जम्मा एकमुष्ट ८ लाख ९० हजार खर्च भएको छ।

प्रचार प्रसारको लागि एक लाख २९ हजार २ सय ५०, यातयातमा १ लाख २७ हजार ६ सय ९०, औषधी खर्चमा १५ हजार १ सय ९७, अतिथि सत्कारमा १ लाख ७२ हजार ८ सय २३, खाना बासमा गाईघाटमा रहेको होटल आशा, कन्चनजंघा होटल, होटल यलाखोममा जम्मा १ लाख ६८ हजार ६ सय ७, ज्याला भत्तामा १ लाख ४२ हजार ४ सय १५, मसलन्द शीर्षकमा खर्चमा ७० हजार ७ सय ५ रुपैँया खर्च भएको संयोजक राईको भनाइ छ।

चौथो उदयपुर गोल्डकप आयोजनाको लागि ३ लाख रमाईलो मेलाबाट, रमपम तयारी चाउचाउ मुख्य प्रयोजकले गोल्डकपमा ३ लाख ९४ हजार, त्रियुगा नगरपालिकाकाले ४ लाख, साविकको जिल्ला विकास समितिले २ लाख ९५

हजार ५ सय, संसद भेषकुमार राउतको संसदीय कोषबाट ९८ हजार, राष्ट्रिय खेलकुद परिषदबाट २ लाख, गेट टिकट ४ लाख १६ हजार २ सय, ५ हजारदेखि ३० हजार सहयोग गर्ने कन्ट्रकसनदेखि विभिन्न व्यक्तित्वहरु रहेको मूल आयोजक समितिले जानकारी दिएको छ।

गएको वर्ष माघ २७ गतेदेखि सञ्चालन भएको चौथो उदयपुर गोल्ड फागुन ५ गतेसम्म सञ्चालन भएको थियो । विभिन्न ८ क्लवले भाग लिएका थिए । यस वर्ष पनि त्यही समय मिलाएर आयोजना गर्न लागिएको जानइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.