|

काठमाडौं : नेपाल धितो पत्र बोर्डले व्यावसायिक आचरण पालना नगर्ने धितोपत्र दलाल व्यवसायीलाई कारबाही सुरु गरेको छ। बोर्डले व्यवसायीक आचरण पालन नगरेको भन्दै प्रज्ञान सेक्यूरिटिज प्रा.लिलाई ७५ हजार जरिवानासहित कारबाही गरिएको हो।

प्रज्ञान सेक्यूरिटिजका विराटनगर शाखा कार्यालय प्रमुखले मिति २०७४ जेठ ४ गते हुने सिभिल बैंकको साधारण सभा अगावै सेयर किन्नुहोस् भनेर प्रचार गरेकोले कारबाही गरिएको बोर्डले जानकारी गराएको छ। ४० प्रतिशत हकप्रद आउने भएको छ, राम्रो फाईदा हुन्छ, फाईदा गराउने जिम्मा हाम्रो भन्दै भाइवर म्यासेजमा ग्रुप बनाएर जानकारी पठाएको उजुरीपछि धितो पत्र बोर्डले छानबिन गरेको थियो। छानबिनबाट प्रज्ञान दोषी देखिएपछि बोर्डले कारबाही गरेको हो।

'कामकारबाहीलाई सूक्ष्म रुपमा अनुगमन नगरी व्यवसायिक आचरण कायम गराउन नसकेको र संस्थाले व्यावसायिकस्तर कायम गरेको नदेखिएको।' बोर्डले जारी गरेको विज्ञप्‍तिमा भनिएको छ। 'धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम बोर्डबाट धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्यूरिटिज प्रा.लिलाई ७५हजार रुपैयाँ आर्थिक जरिवाना गरिएको छ।'

बोर्डले धितोपत्र सम्बन्धी ऐन बमोजिमको कारबाहीलाई पनि सशक्त बनाउँदै लैजाने जनाएको छ। यसरी कारबाही प्रकिया अघि बढाएपछि धितोपत्र व्यवसाय संचालन गर्दा आफूले पालन गर्नुपर्ने व्यावसायिक सिद्धान्तको पालनातर्फ थप सजग हुने बोर्डले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.