|

काठमाडौं : सुनिल थापाको मुख्य भूमिका रहेको फिल्म 'शेरबहादुर'को पोष्टर सार्वजनिक भएको छ। अवकाश प्राप्त निडर, सनकी र बलियो आर्मीको कथामा निर्माण भएको यस फिल्ममा सुनिल थापा शेरबहादुर बनेका छन्।  

थापासहित फिल्मका अन्य कलाकारको फिचरिङ यस फिल्मको पोष्टर निर्माण युनिटले सामाजिक सञ्जालमार्फत आइतबार सार्वजनिक गरेको हो। पोष्टरमा कर्मा, रवीन्द्र झा, मेनुका प्रधानलाई देख्न सकिन्छ। सार्वजनिक तीन पोष्टरमा कलाकारको फरक फरक अवतार देख्न सकिन्छ।

माघ १९ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन्। एक्सन, रोमान्स, ड्रामा समावेश यस फिल्मलाई गौरीशंकर धुजु र धीराज राजवंशीले निर्माण गरेका हुन्।

फिल्ममा कोशिस क्षेत्रीको संगीत, वसन्त श्रेष्ठको नृत्य, दीर्घ गुरुङ र नारायण जीसीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ। यो फिल्म प्रमोद क्षेत्रीले लेखेका हुन्।

 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.