|

काठमाडौं : यम थापाको निर्देशनमा तयार भएको फिल्म 'हुर्रे'को दोस्रो गीत सार्वजनिक भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक 'बाँचे नि पशुपति, मरे नि पशुपति' बोलको गीतमा कालीप्रसाद बाँस्कोटाले संगीत दिएका छन्। गीतमा झुमा लिम्बू र कालीप्रसादको स्वर रहेको छ।  

पशुपति क्षेत्रमा खिचिएको यस भिडियोमा नायिका निता ढुंगाना फिचरिङ छन्। विक्रम स्वाँरको नृत्य निर्देशनमा निताले आइटम डान्स गरेकी छन्। भिडियोमा उनीसँगै फिल्मका अन्य कलाकार राजाराम पौडेल, अंकित खड्का र विजय बराल पनि फिचरिङ छन्।

फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘हुर्रे’मा केकी अधिकारी, अनुपविक्रम शाही, संगीता नापितलगायतको मुख्य भूमिका रहेको छ। दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको लगानी रहेको यस फिल्ममा राजानराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शिव ढकालको छायांकन, चन्दन दत्तको सम्पादन रहेको छ।

हेर्नुहोस् गीत :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.