मोदीद्वारा ओलीलाई भारत भ्रमणको निम्तो

|
फाइल फोटो


काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर भावी प्रधानमन्त्रीको रूपमा बधाई दिएका छन्। 

आइतबार अपरान्ह मोदीले टेलिफोन गर्दै नेपालको भावी प्रधानमन्त्रीका रूपमा बधाई दिएका हुन्। अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ। अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीका गर्दै उनले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिए। यस्तै मोदीले टेलिफोनमा ओलीले प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएको प्रेस नोटमा उल्लेख छ। अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरे। प्रधानमन्त्री मोदीले यसअघिको नेपाल भ्रमणमा यी तीर्थ स्थल भ्रमणको इच्छा व्यक्त राखेका थिए।
 

पढ्नुहोस् पूरा प्रेस नोट
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्नु भएको छ। अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान भएको छ। प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिनुभएको छ। मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ। अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उहाँलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री मोदीले यस अघिको नेपाल भ्रमणमा यी तीर्थ स्थल भ्रमणको इच्छा व्यक्त गर्नुभएको थियो ।
मिति : ७ माघ २०७४
चेतन अधिकारी
प्रेस संयोजक
केपी शर्मा ओलीको सचिवालय

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.