कैलाली : प्रदेश नम्बर– ७ का प्रदेश प्रमुख मोहनराज मल्लले पद भार ग्रहण गरेका छन्। आइतबार अपराह्न उनले सचिवालय राखिएको घरेलु तथा साना उद्योग कार्यालयमा पदभार ग्रहण गरेका हुन्।
काठमाडौंबाट निजी सवारी साधनमा धनगढी पुगेका मल्लले सचिवालयमा औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गरेपछि बोल्दै मल्लले प्रदेश नम्बर– ७ को विकास र समृद्धिका लागि सल्लाहकारको भूमिका निभाउने बताए। उनले सबैको साझा व्यक्तिको रूपमा काम गर्ने भन्दै सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।