|

कैलाली :  प्रदेश नम्बर- ७ का सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार दिउँसो ३ बजे जिल्ला समन्वय समितिको सभाहलमा ५३ जना सांसदमध्ये ५१ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

कैलालीबाट एमालेकी समानुपातिक सांसद चुनकुमारी चौधरी र डोटी क्षेत्र नम्बर- १ का प्रत्यक्षतर्फ कांग्रेसका भरत खड्का भने शपथ ग्रहण समारोहमा उपस्थित भएनन्। 

सहभागी ५१ जना सांसदहरूलाई प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा जेष्ठ सदस्य नेपाली कांग्रेसकी समानुपातिक सांसद दिव्यश्वरी शाहले शपथ खुवाएकी हुन्। यसअघि प्रदेश प्रमुख मल्लले जेष्ठ सांसद दिव्यश्वरी शाहलाई शपथ खुवाएका थिए। 


प्रदेश नम्बर- ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ जना गरेर कुल ५३ प्रदेशसभा सदस्य छन्, जसमा एमालेका २५, नेकपा माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना सदस्य छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.