|

काठमाडौं : राष्ट्रियसभा उम्मेदवारका लागि एमालेका प्रदेश कमिटीले चार गुना नाम सिफारिस गरेका छन्। वाम गठबन्धनले जित्ने निश्चित भएका ४३ सिटमध्ये एमालेको भागका परेको २९ सिटमा तोकिएभन्दा धेरै सिफारिस आएको हो। पूर्व सांसाद् तथा पूर्वमन्त्री समेत सिफरिसमा परेका छन्।

धेरै नाम पठाउँदा उम्मेदवार छनौट गर्न कठिन भएको एमाले सचिव प्रदीप ज्ञवालीले बताए। ‘प्रदेश १ र २ बाट धेरै जनाको सिफारिस भएका छन्। एउटा सिटमा ३ जनाको नाम सिफरिस गर्न भनिएकोमा धेरै आएको छ। मापदण्डभित्र रहेर छनोट गरिने छ,’ उनले भने। उनले स्थायी समिति बैठकले सोमबार प्रदेशबाट सिफारिस नामको टुंगो लगाउने बताए। माघ १० गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ।

स्थायी समितिले राष्ट्रियसभा सदस्यका लागि योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत क्षेत्रमा योगदान पुर्‍याएका तथा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नउठेका तथा समानुपातिक सूचीमा नपरेका, विज्ञ तथा विशेषज्ञ छनौट गर्न प्रदेश कमिटीलाई जिम्मा दिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.