|

रसुवा : तिब्बतमा ल्होछार पर्वका कारण अवरुद्ध भएको रसुवागढी नाकाबाट सोमबार (आज)देखि चिनियाँ सामाग्रि भित्रने भएको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी निरीक्षक कमल पन्थीले आजदेखि नियमित सञ्चालन हुनेछ।

अहिले बिहान ९ बजेदेखि सामान बोकेका कन्टेनर भित्रने भन्सार नाकाका अधिकारीहरुले बताएका छन्। नेपालमा सामान पठाउने केरुङ क्षेत्रमा आइतबार (हिजो) नै कन्टेरहरुमा समान लोड गरेर तयारी अवास्थामा राखिएको हो।

चिनबाट नेपाल भित्रने सामग्रीमा जुत्ता, चप्पल, रोल कपडा, बच्चाका खेलौना, विद्युतीय सामान, फलफुललगायत रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.