|

सोलुखुम्बु : विद्यालय सेवा क्षेत्रमा फैलिएको भाइरलका कारण महाकुलुङ २ बुङस्थित पेल्माङ आधारभूत विद्यालयको पठनपाठन ९ माघसम्मका लागि बन्द हुने भएको छ।  भाइरलका कारण गत मंगलबारदेखि बन्द विद्यालयले पुन: पठनपाठन बन्द गर्ने निर्णय गरेको हो। 

आइतबारदेखि पठनपाठन सञ्चालन गर्नेगरी  मंगलबार विद्यालय बन्द गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको थियो। गाउँमा फैलिएको भाइरल अझै पूर्णरूपले नियन्त्रणमा नआएपछि ९ माघसम्मका लागि पठनपाठन बन्द गर्ने आइतबार बसेको व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ। प्र.अ ट‌ंकबहादुर दाहालले भने, 'विद्यालय व्यवस्थापन समितिको बैठक बसेर चिकित्सकको सुझावअनुसार थप तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेका हौँ।'

महामारीबाट बच्ने उपायबारे अन्तरक्रिया 
पेल्माङ आधारभूत विद्यालयमा महामारीबाट कसरी जोगिने भन्ने विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु, महाकुलुङ गाउँपालिका र सुआहारा २ मा कार्यक्रमको संयुक्त आयोजनामा अन्तरक्रिया गरिएको हो। 

कार्यक्रममा विद्यालयका विद्यार्थी, सेवा क्षेत्रका अभिभावकहररूको सहभागिता रहेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक हरिप्रसाद आर्चायले जानकारी दिए। अन्तरक्रियामा स्वास्थ्यकर्मीहरूबाट सरसफाइ र महामारीको विषयमा जानकारी गराइएको थियोे। सोही कार्यक्रमबीच विद्यालयलाई सरसफाइमा प्रयोग हुने साबुन, तौलीयालगायत सरसफाइको सामाग्रीहरू पनि प्रदान गरिएको विद्यालयले जनाएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.