|

वासि‌ंगटन डिसी :  अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनीष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन्।टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन्।

सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने वेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए। प्रहरीले लुटेरा समूहको खोजी कार्य जारी रहेको बताएको छ। उनी केही समयअगाडि नेपालबाट गएका थिए। दुई वर्षअगाडि पनि टेक्सासमा  समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.