|

भद्रपुर (झापा) : झापा स्पोर्टस अवार्ड–२०७४ को सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधि फुटबलर विशाल राई ‘बी’ (पुरुषतर्फ) र क्रिकेटर रुविना क्षेत्री (महिलातर्फ) ले प्राप्त गरेका छन् । राई र क्षेत्री दुवै राष्ट्रिय खेलाडी हुन् ।

आइतबार साँझ भव्य समारोहबीच नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले पाँच वटा विधामा वितरण गरेको अवार्डमा फुटबलका तीन खेडालीले उपाधि कब्जा गरेका छन्। अवार्डको वर्ष उत्कृष्ट युवा खेलाडीकाे उपाधि फुटबलका देवेन्द्र तामाङ, उत्कृष्ट प्रशिक्षक क्रिकेटका मनोज कटुवाल र पिपुल्स च्वाइस अवार्ड रमपम झापा ११ फुटवल क्लबले जितेका छन् । विजेताहरूलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। नगद पुरस्कार एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्बाङले आफ्ना भाइ फुटबलर स्व. आशीषविक्रम नेम्बाङको स्मृतिमा प्रयोजन गरेका हुन्।

०७३ सालमा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न विधाहरुका खेलाडीमध्येबाट मनोनयनमा परेका १२ जना खेलाडी र तीन क्लबमध्येबाट यस वर्ष एक/एक जनालाई अवार्ड प्रदान गरिएको हो। 

सोही कार्यक्रममा झापा ११ लाई उत्कृष्ट टिम बनाउने उद्देश्यले दुई जना खेलाडीलाई मासिक २५/२५ हजार पारिश्रमिक दिने घोषणा गरिएको छ। झापा ११ का खेलाडी देवेन्द्र तामाङ र योगेश गुरुङलाई निगाले सिमेन्टका सञ्चालक होम पाण्डे र साहारा नेपालका प्रमुख कार्यकारी महेन्द्र गिरीले एक वर्षको पारिश्रमिक दिने घोषणा गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.