|

लियोनेल मेसी र लुइस स्वारेजले २-२ गोल गरेपछि बार्सिलोनाले रियल बेटिसविरुद्ध ५ - ० को प्रभावशाली जित निकालेको छ। गएराति भएको एकपक्षीय खेलमा दोस्रो हाफमा गरेको प्रभावशाली प्रदर्शनसँगै बार्सिलोनाले अपराजित यात्रा जारी राखेको छ।

पाहुना टोली बार्सिलोनालाई इभान राकाटीकले ५९औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। मेसीले ६४ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर गरे। सर्जियो बुस्केटको आकर्षक पासलाई मेसीले आकर्षक रुपमा सदुपयोग गरेका थिए।

स्वारेजले बार्सिलोनाका लागि तेस्रो गोल सम्भव बनाए। बक्सभित्रबाट ६९औं मिनेटमा स्वारेजले भलीमार्फत आकर्षक गोल गरेका थिए। मेसीले बार्सिलोनालाई ८०औं मिनेटमा अग्रता दिलाउँदै चौंथो गोल गरे। ८९औं मिनेटमा मेसीले दिएको पासलाई स्वारेजले सदुपयोग गर्दै ५ - ० बनाएका थिए।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ। २० खेल खेल्दा बार्सिलोनाको ५४ अंक छ भने दोस्रो स्थानको एथ्लेटिको म्याड्रिडको ४३ अंक छ। डिपोर्टिभो ला कोरुनाविरुद्ध ७ - १ को रवाफिलो जित दर्ता गरेको रियल ३५ अंकसहित चौथो स्थानमा यथावत् छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.