इन्टरपोलमार्फत पक्राउ गर्ने सूचना जारी

|

काठमाडौ : नेकपा एमालेका ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवालविरुद्ध डिफ्युजन नोटिस (इन्टरपोलमार्फत पक्राउ गर्ने सूचना)   जारी गरिएको छ।

प्रहरी प्रमुख आइजिपी बन्नका लागि कार्य सम्पादन मूल्यांकन (कासमु) किर्ते गरेको अभियोगमा छानविनका लागि बोलाउँदा नआएको र खोजी गर्दासमेत नभेटिएपछि सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी भएको उच्च प्रहरी स्रोतले बताएको छ। इन्टरपोलमार्फत खोजी गर्न डिफ्युजन नोटिस जारी गरिएको प्रहरी स्रोतले बताएको छ।  

उच्च प्रहरी स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको आग्रहमा नेपाल प्रहरीले सिलवालको नाममा डिफ्युजन नोटिस जारी गरेको हो। डिफ्युजन नोटिस जारी भएपछि उनलाई अब १९२ देशका प्रहरीले नै निगरानीमा राखेर फेला पारेमा नेपाल प्रहरीलाई खबर गर्नेछन् भने कतिपय देशले पक्राउसमेत गर्न सक्ने प्रहरीले बतायो।

यसअघि, सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले ललितपुर प्रहरीलाई पत्र काटेको थियो। ललिपुर प्रहरीले सिलवाल नभेटेको प्रतिउत्तर काठमाडौं प्रहरीलाई दिएपछि, काठमाडौं प्रहरीले सिलवाललाई जहाँ भेट्यो त्यही पक्राउ गर्न सातवटै प्रदेश प्रहरी प्रमुखलाई प्रत्रचारसमेत गरिसकेको थियो। नेपलमा सिलवाल नभेटेपछि नेपाल प्रहरीले सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.