|

काठमाडौं : राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जानकारी दिएको छ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।

सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि सोमबार काठमाडौंमा आयोगमा आयोजित ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’ सम्बन्धी प्रशिक्षणको सुरुवात गर्दै आयुक्त पौड्यालले राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार भएको जानकारी दिए।

निर्वाचन आयोगले दिन लागेको प्रशिक्षणमा सात वटा प्रदेशका १५ जना प्राविधिकको सहभागिता रहेको छ। आयोगले आगामी राष्ट्रिसभा निर्वाचनको तयारी, मतभार, मतगणना विधि र प्रक्रियाका बारेमा राजनीतिक दलका प्रतिनिधिलाई मंगलबार प्रशिक्षण दिने कार्यक्रम राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.