|

दाङ : सोमबार सल्यानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

रुकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना५ख ५३१ नम्बरको बस सोमबार दिउँसो  सल्यान लुहामको बैघारे खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुई महिला र दुई पुरुषको मृत्यु भएको स्थानीय उत्तरकुमार शाहले जानकारी दिए।

मृत्यु हुनेमा रुकुम खलंगा- ५ की ३४ वर्षकी पुष्पा केसी खड्का र सल्यान बागचौरकी ६५ वर्षकी छन्चली विकको सनाखत भएको र अन्य दुईको सनाखत हुन बाँकी रहेको बताइएको छ।

घटनास्थलबाट स्थानीय पत्रकार रजेश शर्माले दिएको जानकारीअनुसार २७ जना गम्भीर घइतेमध्ये पाँच जनालाई नेपालगंज रिफर गरिएको छ। घटनाबारे प्रहरीले उद्धार कार्य जारी रहेको र सबै विवरण आउन केही समय लाग्ने बताएको छ।

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.