कारोबार गर्ने रकम कानुन विपरित नभएको घोषणा अनिवार्य

|

काठमाडौं : धितोपत्र दलाल व्यवसायीहरुले राख्‍नु पर्ने ग्राहकको विवरण (केवाइसी)  परिमार्जन भएको छ। धितोपत्र बोर्डले हालसम्म सिमित रुपमा केवाइसी दिए हुनेमा अब भने विस्तृत विवरण पेश गर्नु पर्ने व्यवस्था गरेको हो।

परिमार्जित ग्राहक विवरणमा  मुख्यतः ग्राहकको परिवारका सदस्यहरुको विवरण, पेशागत विवरण, ग्राहकको वसोवास गर्ने स्थानको नक्शा अनिवार्य पेश गर्नु पर्ने छ। त्यस्तै इन्भेष्टमेन्ट कम्पनीमा संग्लन भए नभएको विवरण, धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रचलित कानुन विपरित आर्जन नगरेको पनि खुलाउनु पर्ने छ।

बोर्डले विस्तृत केवाइसीमा कम्पनी/संस्थाको पहिलो तथा दोस्रो सम्पर्क व्यक्तिको तिन पुस्ते विवरण जस्ता थप विवरणहरु समावेश गर्नु पर्ने व्यवस्था गरेको छ। लगानीकर्ताको हित संरक्षण, स्वच्छ तथा पारदर्शी बजारको विकासको लागि केवाइसी परिमार्जन गरिएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए। बोर्डले यसअघि सामान्य केवाइसी विवरण माग्दा समेत नराखेको भन्दै धितोपत्र दलाल व्यवसायीहरुलाई कारवाही गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.