|

बाँके : नरैनापुर गाँउपालिकामा आइतबार सनराइज बैंकको नयाँ शाखा उद्घाटन गरिएको छ।

उक्त गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह 'सम्मु मिया'ले  बैंकको उद्घाटन गर्दै आफूले नरैनापुर गाउँपालिकाको विकासका लागि मरिमेटेर काम गरेको र यसलाई विकासको नमुना क्षेत्र बनाउने संकल्प लिएको बताए। नरैनापुर गाउपालिकामा बैंकिङ कारोबारको समस्याबाट जनता मुक्त गर्न सफल भएको बताउँदै उनले अब कृषिमा आधुनिकीकरण हुने धारणा राखे।

बैंक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सनराइज बैंकका निर्देशक गुरुप्रसाद पौडेलले निकै विकट क्षेत्रको रूपमा चिनिएको नरैनापुर गाउँपालिकामा जनताको मागबमोजिम सेवा गर्न पाएको भन्दै खुसी लागेको बताए। बैंकको शाखालाई गाउँगाउँमा पुर्‍याउँदै वित्तीय पहुँच पुर्‍याउने बैंकको लक्ष्यबमोजिम नरैनापुरमा बैंक स्थापना गरिएको उनकाे भनाइ थियो।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल भट्टराईले स्वागत मन्तव्य राख्दै बैंकको स्थापनासँगै विकासले गति लिएको बताए। उक्त शाखाबाट निक्षेप संकलन सहज र सरल रूपमा कर्जा प्रवाहको साथमा एसएमएस बैंकिङ, सुन धितोमा कर्जा सुविधा, लघुवित्त सेवा, रेमिट्यान्स सेवासहितको पूर्ण बैंकिङ सेवा संचालनमा ल्याएको पौडेलले जानकारी दिए।

बैंक उद्घाटन कार्यक्रममा जनप्रनिधिहरू, सशस्त्र प्रहरी,जनपद प्रहरी र स्थानीय जनताको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.