|

सुनसरी : नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लब इटहरीमा जारी मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डपकको सेमीफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा पाहुना टोली भुटानको डुक युनाइटेडलाई ५-० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै आर्मीले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

आर्मीले फानइनलका प्रवेशका लागि बुधबार थ्रिस्टारसँग प्रतिष्पर्धा गर्नेछ। आर्मीको जीतका लागि पदम तामाङले २ र दिनेश हेनजमले २ गोलको योगदान गरे। अर्को गोल भने टंक बस्नेतले गरे। आर्मीलाई जीत दिलाउने क्रममा पदमले पहिलो हाफको २०औँ मिनेटमा खाता खोले। सुरुबाटै आक्रमक देखिएको आर्मीका लागि पदमले खेलको ४० औँ मिनेटमा अर्को गोल थपे। यस्तै, दास्रो हाफमा जर्ज प्रिन्स कार्कीको स्थानमा मैदान छिरेका आर्मीका दिनेश हेमजमले दोस्रो हाफको १६औँ मिनेटमा गोल गरेर आर्मीको स्कोर ३–० बनाए। दिनेशले नै पुन दोस्रो हाफको ३४औँ मिनेटमा अर्को गोल थपे।

आर्मीका लागि टंक बस्नेतले दोस्रो हाफको ३०औँ मिनेटमा गोल गरे। सोमबारको खेलको म्यान अफ द म्याच आर्मीका दिनेश हेमजम भए। सोमबारको खेल आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ्ग क्लब कोलकोत्ताकबी हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.