|

सुर्खेत :  नेकपा एमालेले प्रदेश ६ को मुख्यमन्त्री माओवादीलाई कुनै पनि हालतमा दिन नसकिने निर्णय गरेको छ। प्रदेश ६ को संसदीय दलको बैठकले एमालेको एकल बहुमत भएको अवस्थामा माओवादीलाई मुख्यमन्त्री दिन नसकिने निर्णय गरेको हो।

सोमबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बसेको एमालेको प्रदेश ६ को संसदीय दलको बैठकपछि एक विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री लगायतका मुख्य पद माओवादीलाई कुनै पनि हालतमा छोड्न नसकिने जनाएको हो।

विज्ञप्तीमा भनिएको छ, 'प्रदेश ६ को प्रदेशसभा संसदमा एमालेको ५० प्रतिशत अर्थात् २० जना सदस्य रहेकोकोले सरकार बनाउन र सञ्चालन गर्न सक्ने दलको हैसियत कायम भएको छ', बैठकले यसबारे पार्टी केन्द्रलाई पनि सचेत गराएको छ, 'एमालेका शतप्रतिशत उम्मेदवारहरु विजयी गराउन सफल भएकाले प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने र त्यसका लागि पार्टी केन्द्रको गम्भीर ध्यानाकर्षणसमेत गराउने निर्णय गरियो।'

प्रदेश ६ को मुख्यमन्त्रीमा एमालेबाट यामलाल कँडेल र प्रकाश ज्वालाले दावी गर्दै आएका छन्।

४० सिट रहेको प्रदेश ६ को प्रदेशसभामा एमालेले २० सिट जितेको छ।

वाम गठबन्धन गरेर निर्वाचनमा गएको माओवादीले पनि यो प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने दावी गरेको छ। अन्य प्रदेशको तुलनामा प्रदेश ६ मा बलियो उपस्थिति भएको माओवादीले यो प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको छ।

एमाले र माओवादीको पार्टी एकता संयोजन समितिले गठन गरेको मुख्यमन्त्री पदको बाँडफाँट लगायतका विषयबारे सहमति गर्ने कार्यदल गठन गरिएको थियो। जसले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदनमा माओवादीले प्रदेश ६ र प्रदेश ७ को मुख्यमन्त्री पाउने बताइएको छ।

हेर्नुहोस्, एमाले प्रदेश ६ को संसदीय समितिले गरेको निर्णय:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.