|

दाङ : सल्यानमा बस पल्टिँदा तीन जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। रुकुमबाट दाङका लागि छुटेको ना५ख ५३१ नम्बरको बस त्रिवेणी गाउँपालिका– ६ भान्टाखोलामा पल्टिँदा तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक भरत विकले जानकारी दिए। 

मृत्यु हुनेमा सल्यानको बाजचौर नगरपालिकाका ६५ वर्षकी छन्चरी विक, रुकुमको मुसिकोट नगरपालिकाकी ३४ वर्षकी पुष्पा खड्का र रुकुमको चेउघा– १० का १७ वर्षका खिमबहादुर खड्का रहेको प्रहरीले जनाएको छ। एउटालाई दुई पटक गन्दा मृतकको संख्या चार भएको भन्दै प्रहरीले सच्याएको छ। 

दुर्घटनामा परी गम्भीर घाइते भएका १३ जनालाई उपचारका लागि नेपालगंज पठाइएको प्रहरीले बताएको छ। रुकुम मुसिकोट नगरपालिका– १ का १८ वर्षका विवेक हमाल, रुकुम त्रिवेणी गाउँपालिका– ७ की २२ वर्षकी दीपशिखा वली, रुकुम मुसिकोट नगरपालिका– ३ का केदार केसी, सोही ठाउँका ७ वर्षका अंकित केसी सोही ठाउँकी २४ वर्ष की बिमला रावत, रुकुम त्रिवेणी गाउँपालिका– ७ की  १६ वर्षकी विन्दु वली, रुकुम सानोभेरी गाउँपालिका– ६ का ६ वर्षका गौरव रावल, रुकुम मुसिकोट नगरपालिका– ३ का ४ वर्षकी आयुसी केसी, दाङ घोराही उपमहानगरपालिकाकी धनसरा खड्का, रुकुम मुसिकोट नगरपालिका– १ का १८ वर्षका मदनकुमार वली, सल्यान ढोरचौर गाउँपालिकाका २२ वर्षका डिल्लीराज लामिछाने, सल्यान ढोरचौर गाउँपालिकाकी सीता कसेरा र उनकी छोरी अस्मिता कसेरा र सल्यान दार्मा गाउँपालिका– १ का ५१ वर्षका भद्रबहादुर केसी रहेका छन्। उनीहरूलाई थप उपचारका लागि नेपालगंज पठाइएको प्रहरीले जनाएको छ। 

अन्य घाइतेहरूलाई सल्यान श्रीनगरमा उपचारका लागि पठाएको प्रहरीले भनाइ छ। बस अनियन्त्रित भएर सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.