|

काठमाडौं : नायिका केकी अधिकारीको निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को गीत रिलिज भएको छ। सोमबार युट्युबमार्फत फिल्ममा समावेश ‘सीओडब्लु काउ’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा राजनराज सिवाकोटीको संगीत रहेको छ। राजनराजकै शब्द समावेश यस गीतमा राजनराज र मेलिना राईको स्वर सुन्न सकिन्छ।

गम्भीर विष्टको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा गम्भीर र रिमा विश्वकर्माको नृत्य देख्न सकिन्छ। भिडियोमा फिल्मका मुख्य कलाकार केकी अधिकारी र विनोद न्यौपानेलाई पनि देख्न सकिन्छ। रिमा र गम्भीर यस गीतमा मात्र फिचरिङ छन्।

बैशाख १४ गतेदेखि प्रदर्शनमा आउने यस फिल्ममा केकी र विनोदसँगै ऋचा शर्मा, प्रियंका कार्की, बुद्धि तामाङ, रवीन्द्र झा, सुजन कार्की, कुशाग्र भट्टराईलगायतको अभिनय रहेको छ। अर्जुन तिवारीले खिचेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। फिल्ममा राजनराज सिवाकोटीका अलावा अर्जुन पोखरेल र कालीप्रसाद बाँस्कोटाको संगीत समावेश छ।

विशाल भण्डारीको निर्देशनमा तयार भएको यस फिल्ममा केकीसँगै भद्रबहादुर शाही, देवीलाल न्यौपाने पण्डित र शिवप्रसाद चौलागाईंको संयुक्त लगानी रहेको छ।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.