|

काठमाडौं : कलाकार मनोज गजुरेलले श्रीमती मीना ढकालसँगको सम्बन्ध बिच्छेदबारे प्रष्टिकरण दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति एक स्टाटस लेख्दै उनले आफ्नो र मीना ढकालको बारेमा आएका समाचारप्रति ध्यानाकृष्ट भएको जनाउँदै प्रष्टिकरण दिएका छन्।

कलाकार मनोज गजुरेल र मीना ढकालको हालै कानुनी रुपमा सम्बन्ध बिच्छेद भएको थियो।

गजुरेलले आफूहरु विगत दुई दशकभन्दा बढी समयदेखि वैवाहिक सम्बन्धमा रहेको र हाल आएर दुवैको सहमतिमा अलग भएको लेखेका छन्। उनले लेखेका छन्, ‘वैवाहिक जीवनको करिब प्रारम्भिक चरणदेखि नै सामान्य मतभेद हुँदै आएको थियो। हामीले हाम्रा सन्ततीको भविष्यका लागि पनि सकेसम्म मिलेर अगाडि बढ्न प्रयत्न गरेका थियौं तर यसलाई जिवन्त बनाउन सकेनौं। त्यसैले पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै छुट्टिने निर्णय गऱ्यौं।‘

उनले फरक परिवेश र फरक जीवनशैलीका कारण वैवाहिक जीवन अगाडि बढ्न नसकेको लेखेका छन्।  

गजुरेलले आफूले सम्पती चार भाग लगाएको र छोरा बाबुको र छोरी आमासँग जाने सहमति भएको पनि खुलाएका छन्।

यस्तो छ मनोज गजुरेलको फेसबुक स्टाटस:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.