|

लहान (सिरहा)  : बिरामीलाई दुर्व्यवहार गरेको आरोपमा सप्तरीको राजविराज नगरपालिका–७ का आरती डेण्टल क्लिनिकका संचालकलाई प्रहरीले फक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४५ वर्षीय डा. हृदयनारायण झा रहेको प्रहरीले जनाएको छ। झालाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए। ‘बलात्कार प्रयास गरेको पर्सिपल्ट पीडित किशोरीले उजुरी गरेपछि पुस २९ गते पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेका छौं’ प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने। 

झाले गत पुस २७ गते आफ्नी आमासँग दाँतको उपचार गराउन आफ्नो क्लिनिकमा आएकी युवतीलाई बलात्कार प्रयास भएको अनुसन्धानको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

मिलापत्रको प्रयास

घटनापछि मिलापत्र गराउने प्रयास भएपछि तीन दिनपछि मात्र प्रहरीकहाँ उजुरी गरिएको बताइएको छ। प्रहरीकहाँ पनि मिलापत्र गर्ने कुरा उठेपछि तत्काल उजुरी दर्ता गरी कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

राजविराज नगरपालिका–१ घर भएका डा. झाले राजनीतिक दलको दबाबमार्फत् घटना मिलापत्र गर्न खोजेको भएपनि पीडितको उजुरीको आधारमा प्रहरीले मुद्दा चलाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.