|

पर्वत : म्याग्दी जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। घोषणासँग म्यादी मुलुकको साक्षर घोषित ३९औँ जिल्ला भएको छ।

जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्यामध्ये ९६ दशमलब २७ प्रतिशत नागरिक साक्षर बनेपछि साक्षर जिल्ला घोषणा गरिएको हो। जिल्ला शिक्षा कार्यालयले गरेको घरधुरी सर्वेक्षणको तथ्याङ्कअनुसार म्याग्दीमा उक्त उमेर समूहका ८२ हजार ८ सय २६ जनसंख्यामध्ये ७९ हजार ७ सय ३९ जना नागरिक साक्षर छन्। लक्षित समुदायका ९५ प्रतिशतभन्दा बढी नागरिक अंक र अक्षर लेखपढ गर्न सक्ने भएपछि वडा, स्थानीय तह र जिल्ला साक्षर घोषणा गर्न सकिने व्यवस्था रहेकाे जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताए।

जिल्ला अनौपचारिक शिक्षा समिति र जिल्ला शिक्षा कार्यालयले सोमबार आयोजना गरेको समारोहमा प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो। ‘अन्तराष्ट्रिय मापदण्डअनुसार म्याग्दीलाई साक्षर जिल्ला घोषणा गरिएको छ।’ घोषणा गर्दै उनले भने, ‘शिक्षा क्षेत्रमा जिल्लामा आएको उपलब्धिले यहाँको हरेक क्षेत्रमा सकारात्मक सन्देश दिने आशा लिएका छौँ।’

जिल्ला अनौपचारिक शिक्षा समितिका संयोजक एवं जिल्ला समन्वय समितिका संयोजक देवेन्द्रबहादुर केसीका अनुसार जिल्लाका ४५ वटै वडा र ६ वटा स्थानीय तह साक्षर बनेपछि साक्षर जिल्ला घोषणा गरिएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.