पूर्वाधार क्षेत्रमा लगानी गरिने

|

काठमाडौं :  गैरआवासीय नेपाली संघ एनआरएले १० अर्ब नेपाली रुपैयाँ बराबरको ‘गैरआवासीय नेपाली पूर्वाधार विकास कोष’ को स्थापना गर्ने भएको छ। भौतिक पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्नको लागि यो कोष स्थापना गर्न लागेको एनआरएनएका अध्यक्ष भवन भट्टले बताए।

नेपाल राष्ट्रबैकका गभर्नर डा.चिरञ्जीवी नेपाल, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलगायत सरोकावालाहरूको उपस्थितिमा नेपाली समयअनुसार सोमबार राति यो कोषमा आवश्यक रकम, त्यसको प्रयोग र स्रोतका विषयमा छलफल गरिएको हो।  

यो कोषमा निश्चित अंश वैदेशिक रोजगारमा जाने नेपालीहरूको रहने एनाएनएको भनाइ छ। साथै आफ्नो क्षमताअनुसारको लगानी गर्न सबै गैरआवासीय नेपालीहरूलाई आह्वानसमेत एनआरएनएले गरेको छ। गैरआवासीय नेपाली र वैदेशिक लगानी आकर्षण गर्न दोहोरो कर छुट गर्नको लागि सरकारसँग आग्रह गरेको छ।

नेपालले हालसम्म भारत, थाइल्याण्ड, पाकिस्तान, चीन, दक्षिण कोरिया, मरिसस, नर्वे, अस्ट्रिया ,कतार र श्रीलंकासँग  दोहोरो कर छुट सम्झौता हस्ताक्षर गरेको छ। छिमेकी देश भारतले ८५ र चीनले १२५ देशसँग यस्तो सन्धिमा हस्ताक्षर गरेका छन्।

एनराएनए युकेले पूर्वाधार विकास कोषको विषयमा गरेको छलफलमा गैरआवासीय नेपाली संघका पदाधिकारी, पूर्वअध्यक्ष जीवा लामिछाने, र बेलायत, बेल्जियम, नेदरल्याण्ड, आयरल्याण्ड, जर्मनी, जापान, डेनमार्कलगायत मुलुकबाट प्रतिनिधित्व गर्ने गैरआवासीय नेपालीहरुको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.