|

चितवन : खैरहनीमा आयोजित खिचरा महोत्सव सकिएका छ। थारू कल्याणकारिणीसभा क्षेत्र नम्बर ७ ले थारू संस्कृतिको संरक्षण र संवर्द्धन गर्न आयोजना गरेको महोत्सवमा करिव २ लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ।

महोत्सवमा थारू समुदायको पहिचान झल्किने घरेलु हस्तकला, खानाका परिकार, चिचरको ५ फिटको विशाल मूर्ती र कृषिसँग सम्बन्धित सामग्री दर्शकको मुख्य आकर्षण बनेको थियो।

समापनका अवसरमा पाँच जना पत्रकार सम्मानित भएका छन्। महोत्सवको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पत्रकार सन्तकुमार चौधरी, राजु चौधरी, ध्रुवराज खनाल, राजेन्द्र आचार्य र अनिल कुँवरलाई जनही पाँच हजार रुपैयाँसहित सम्मान गरिएको हो। पत्रकार राजु चौधरीले आफूले पाएको नगद सम्मान थारू आन्दोलनका घाईते सञ्जित महतो राहत कोषलाई प्रदान गरे। 
 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.