|

शीर्ष चारमा आफूलाई बलियो बनाइरहेको लिभरपुल अंक तालिकामा रेलिगेशन जोनमा रहेको पुछारको टिम स्वान्सी सिटीसँग स्तब्ध भएको छ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा स्वान्सीले लिभरपुललाई १ – ० ले हराएको हो। खेलको ४० औँ मिनेटमा अल्फी माओसनले गरेको एकमात्र गोल निर्णायक भयो। सनसनिपूर्ण जितपछि घरेलु टोली स्वान्सीले केही राहत महसुस गर्यो।

रेलिगेशनबाट जोगिनका लागि संघर्षरत स्वान्सीसँगको खेलमा यसअघिका १८ खेलमा अपराजित रहेको लिभरपुलले गोल गर्ने धेरै राम्रा अवसर गुमाएको थियो। अघिल्लो खेलमा अपराजित सिटीकको यात्रामा पूर्णविराम लगाउन सफल लिभरपुल अप्रतयासित पराजयपछि चौंथो स्थानमा कायम छ। उसले चेल्सीसँगको अंक दूरी कम गर्ने मौका गुमायो।

हारपछि चौथो स्थानको लिभरपुलको २४ खेलबाट ४७ अंक छ र उसले तेस्रो स्थानको चेल्सीसँग अंक बराबरी गर्ने मौका गुमायो। जित निकालेको स्वान्सीको २४ खेलबाट २० अंकसहित अक तालिकाको पुछारमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.