|

सुनसरी : इटहरीमा जारी मदन भण्डारी इटहरी गोल्डकपमा मंगलबार अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ। अन्तिम क्वार्टरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ क्लब कोलकाताबीच प्रतिस्पर्धा  हुँदैछ।

खेल दिउँसो साढे २ बजे स्थानीय क्षेत्रीय रंगशालामा हुनेछ। विजेताले बिहीबार सेमिफाइनलमा मनाङ मर्स्याङ्दीसँग खेल्नेछ।

यसअघि हिजोको भएको खेलमा आर्मीले सहज जित निकालेको थियो। जितसँगै आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ। पाहुना टोली भुटानको ड्रुक युनाइटेडलाई ५–० ले हराउँदै आर्मीले सेमिफाइनलमा थ्रीस्टारसँगको भेट पक्का गरेको हो। आर्मीले पहिलो सेमिफाइनलमा बुधबार थ्रीस्टारसँग प्रतिस्पर्धा गर्नेछ।

माघ १३ गतेसम्म चल्ने प्रतियोगितामा दुई विदेशीसहित ८ टिमले सहभागिता जनाएका छन्। गोल्डकप विजेताले १२ लाख रुपैयाँसहित अढाइ तोला सुन र ८० तोला चाँदीजडित शिल्ड पाउने छ। उपविजेतालाई ६ लाख नगद र ट्रफी प्रदान गरिने अायोजकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.