|

दोलखा: चरिकोटबाट कालिञ्चोक मन्दिर जाँदै गरेकाे जिप दुर्घटना हुँदा एकमहिने बालककाे मृत्यु भएको छ। बा १२ च ८७७१ नम्बरको बोलेरो जिप सोमबार साँझ भीमेश्वर नगरपालिका–१ ओडारेमा 'ब्रेक फेल' भई दुर्घटना हुँदा रामेछाप साविकको प्रीति गाविस–९ का २५ वर्षीया नानीमाया तामाङको छोराको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर रहेका बालककाे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी रामेश्वर कार्कीले बताए। दुर्घटनामा घाइते नानीमायाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरीले जनाएको छ। धुलिखेल अस्पताल काभ्रेमा उनको उपचार भइरहेको छ। 

गाडीमा सवार अन्य भने सामान्य उपचारपछि घर फर्केको प्रहरीले बताएको छ। गाडीधनी तथा सवारी चालक कालीञ्चोक गाउँपालिका–२ बस्ने २४ वर्षीय निमा शेर्पा र बिगु गाउँपालिका–९ का ३५ वर्षीय चन्द्रकुमारी तामाङको अवस्था सामान्य रहेको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.