|

गत सिजन युरोपियन चर्चित फुटबल लिगमा सबैभन्दा बढी कमाउने युरोपियन क्लबका रुपमा म्यान्चेस्टर युनाइटेड रहन सफल भएको छ। डिलोइट्टी मनि लिगले सार्वजनिक गरेको रिपोर्टअनुसार इंग्लिस प्रिमियर लिग क्लब म्यानयुले स्पेनिस जाइन्ट रियल म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै सर्वाधिक धेरै कमाउने क्लब बन्यो।

गत सिजनमा म्यानचेस्टर युनाइटेडले ५ सय ८१ मिलियन पाउण्ड कमाइ गरेको छ भने स्पेनिस क्लब रियलले ५ सय ७९ मिलियन पाउण्ड कमाइ गरेको जनाइएको  छ। त्यस्तै, गत सिजनमा बार्सिलोनाले ५ सय ५७ मिलियन पाउण्ड कमाउँदै तेस्रो स्थानमा रहन सफल भयो। २०१५-१६ सिजनमा दोस्रो स्थानमा रहेको बार्सिलोना गत सिजनमा तेस्रो स्थानामा झरेको छ।

त्यस्तै, जर्मन क्लब बायर्न म्युनिख ५ सय ५ मिलियन पाउण्ड कमाउँदै चौथो स्थानमा रहँदा सूचीको पाचौँ स्थानमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी पर्न सफल भयो। सिटीले गत सिजन ४ सय ५३ मिलियन पाउण्ड कमाइ गर्न सफल भयो। त्यस्तै, अर्को इंग्लिस क्लब आर्सनल छैटौँ स्थानमा रहँदै ४ सय १९ मिलियन पाउण्ड कमाइ गर्न सफल भयो।

फ्रेन्च क्लब पिएसजी सातौ स्थानमा रहँदै ४ सय १७ मिलियन पाउण्ड कमाइ गर्न सफल हुँदा चेल्सीले ३ सय ६७ मिलियन पाउण्ड कमाइ गर्दै आठौँ तथा लिभरपुलले ३ सय ६४ मिलियन पाउण्ड कमाइ गर्दै नवौँ स्थानमा रहँदा शीर्ष १० मा इटालियन क्लब युभेन्टसले स्थान बनाउँदै ३ सय ४८ मिलियन पाउण्ड कमाइ गर्न सफल भयो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.