संक्रमणकालको अन्त्य भएको छैन : सिपी गजुरेल

|

उदयपुर : नेपालमा तीनै तहको संविधान जारी हुँदा पनि संक्रमणकालको अन्त्य नभएको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा देश देशभक्त जनगणतन्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले बताएका छन्। मंगलबार बिहान गाईघाटमा क्रान्तिकारी पत्रकार महासंघ उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

गजुरेलले संविधान जारी गर्ने पक्षले संक्रमणकालको अन्त्य भएको घोषणा गरे पनि अहिले भएका अन्दोलनका कारण संक्रमण कालको अन्त्य नभएको बताएका हुन्। ‘संविधान जारी गर्ने पक्ष भन्छन्, देशमा स्थायित्व कायम भयो,’ उनले भने, ‘प्रदेशको राजधानीको विषयमा विभिन्न ठाउँमा आन्दोलन भइरहेको छ।’

तीनै तहको निर्वाचनमा आफ्नो पार्टीले हार व्यहोरे पनि जनताका जनजीविकाका मुद्दा आपूmहरुले बोकेको दाबी गरेका छन्। ‘देशमा जनताले स्थायी सरकार र विकास चाहेका थिए,’ उनले भने, ‘हामीले भोट दिनुहोस्, हामी यो संविधानलाई टेकेर बन्ने सरकारमा जाँदैनाँै भन्याँै, अनि जनताले कम भोट दिए, हामी हा¥यौँ।’

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले सम्पन्न चुनावमा २०१५ सालको चुनावी एजेन्डा बोकेको कारण हारेको समेत दाबी गरे। ‘नेपाली कांग्रेस कम्युनिस्टलाई भोट दिए रुन पनि दिँदैन, हास्न पनि दिँदैन भन्दै हिँड्यो,’ उनले भने, ‘वाम गठबन्धन भन्नेहरु स्थायी सरकार र विकास भन्दै भोट मागे, हाम्रो केही चलेन, गठबन्धनले जित्यौं।’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई दक्षिणपन्थीको संज्ञा दिँदै पैसाको खोलो बगाएर चुनाव जितेको आरोप पनि लगाएका छन्। ‘जनताले वाम सरकारको काम हेर्न चाहेका छन्,’ पुनः गजुरेलले भने, ‘त्यही वाम गठबन्धनबाट निर्वाचित उम्मेदवारहरु कोही ऋण लाग्यो भन्दै छन्, कोही प्रहरीको खोजीमा परेर भागिरहेका छन्।’

जनवादी गाणतन्त्रका मुद्दा बोकेका पार्टीहरुसँग आपूmहरुले एकता गर्दा पनि संविधानका केही विषयमा फरक मत रही रहने ठोकुवा गरेका छन्। ‘अब बन्ने सरकारले पनि देशलाई लुट्नेनै काम गर्ने हो,’ उनले भने, ‘केही परिवर्तन हुँदैन जनताले पुनः पछि हामीलाई नै साथ दिनेछन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.