फिल्ममा दिपिका पादुकोणसँगै साहिद कपुर र रणविर सिंह मुख्य भूमिका

|

दिल्ली :  दिपिका पादुकोण, रणविर सिंह र साहिद कपुर अभिनित बहुप्रतिक्षित फिल्म पद्मावत बिहीबारबाट भारतभर एकसाथ रिलिज हुने भएको छ । सर्वोच्च अदालतले यस फिल्मलाई २५ जनवरी (बिहीबार) बाट रिलिजको अनुमति दिएपनि अदालतको आदेशबारे पुनर्विचार गर्न माग गर्दै मध्यप्रदेश र राजस्थान सरकारले रिट दिएका थिए । पनर्विचारका लागि परेको रिट अदालतले खारेज गरिदिएको छ । यस विषयमा पहिल्यै फैसला भइसकेको भन्दै फेरि अर्को फैसला आवश्यक नरहेको अदालतले जनाएको छ । रिट खारेजपछि पद्मावत प्रदर्शनका लागि बाटो खुलेको छ ।

चौतर्फी विरोध

हिन्दूवादी संगठनहरुले यस फिल्मको चौतर्फी विरोध गरेका छन् । करणी सेना र थुप्रै राजपूत संगठनहरुले फिल्म रिलिज हुन नदिने धम्की दिइरहेका छन् । निर्दशक सञ्जय लिला भन्सालीले संभावित विरोधलाई नै मध्यनजर गरेर फिल्मको नाम पद्मावतीको सट्टा पद्मावत राखेका छन् । त्यस्तै हिट गीत ‘घुमर’ को भिडियो पनि परिवर्तन गरिएको छ । तर विरोध कम भएको छैन । बरु उल्टै चर्किएको छ ।

किन विरोध ?

फिल्ममा रानी पद्मावतीको कथा देखाइएको छ । १३ देखि १४ औं शताब्दीकी यी रानी असली व्यक्ति नभएर उपन्यासकी काल्पनिक पात्र मात्रै हुन् । भारतीय सुफी कवि मलिक महोम्मद जयासीले १५४० मा लेखेको उपन्यास पद्मावतीमा यी पात्र प्रमुख छिन् ।

तर, धार्मिक कट्टरपन्थीहरुले रानी पद्मावती वास्तविक व्यक्तित्व रहेको दाबी गर्दै आएका छन् । उनीहरुले रानीप्रति आफ्नो आगाध आस्था रहेको भन्दै फिल्ममा पद्मावतीलाई गलत ढंगले चित्रण गरिएको आरोप लगाएका छन् ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.