|

काठमाडौं : माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुको नामावलीलाई अन्तिम रुप दिएको छ। सोमबार प्रदेश इन्चार्ज र शीर्ष नेताहरुको बैठकले उम्मेदवारहरुको टुंगो लागाउने जिम्मेवारी शीर्ष तीन नेतालाई दिएको थियो।

मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले उक्त नामावलीलाई अन्तिम रुप दिएको हो। 

एमाले र माओवादीको वाम गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा ४३ सिट बाँडफाँट गरेका छन्। जसमा एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवार बनाउने सहमति भएको थियो। 

सोहीअनुसार माओवादीले १४ उम्मेदवारहरुको नामावलीलाई अन्तिम रुप दिएको हो। माओवादीले प्रदेश २ बाट एक जनाको नाम तय गरेपनि अर्को कसलाई उठाउने भन्नेबारे भोलीसम्म निर्णय गर्ने जानकारी दिएको छ। 

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। 

यी हुन् माओवादीबाट राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु: 

प्रदेश १ 

विना पोखरेल (महिला)

प्रदेश २

शशिकला दाहाल (महिला)
यस प्रदेशमा भने एक जना उम्मेदवारको नाम टुंगो लगाउन बाँकी रहेको माओवादीले जनाएको छ।

प्रदेश ३ 

रामबहादुर थापा ‘बादल’ (खुला)

गंगा पराजुली (महिला)

प्रदेश ४ 

दिनानाथ शर्मा (खुल्ला)

खिमकुमार वि.क. (दलित)

प्रदेश ५ 

राजकुमार कुंवर (अल्पसंख्यक र अपांग)

चन्द्रबहादुर खड्का (खुला)

प्रदेश ६ 

जीवन बुढा –अपाङ्ग र अल्पसंख्यक)

युटुल लामा (महिला)

कालिबहादुर मल्ल (खुल्ला)

प्रदेश ७ 

लालिराम लोहार (दलित)

हरिराम चौधरी (खुला)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.