|

काठमाडौं : फिल्म फेरिफेरि निर्माण हुने भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमबीच फिल्मको मुहर्त गरिएको छ। पुरन थापाले निर्देशन गर्ने यस फिल्ममा अर्पण थापा र ऋचा शर्मा मुख्य भूमिकामा प्रस्तुत हुनेछन्।

कमेडी जनरामा निर्माण हुन लागेको फिल्म फिल्ममा अर्पण र ऋचाका साथै  लय संग्रौला, ओम प्रतिक गुरुङ, पुरन थापा, ध्रुव कोइराला, एलिना बास्कोटा, रश्मी पाण्डेलगायतको अभिनय रहने छ। फिल्मलाई नेपालमै पहिलो पटक 'एट के' क्यामेराबाट छायाँकन गरिँदै छ।

'माता बसुन्धरा मुभिज प्रालि'को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा निरज थापाको लगानी छ। फिल्ममा विकास चौधरी र पुरन थापाको संगीत, रामजी लामिछाने र सुरेन बसेलको नृत्य निर्देशन रहने छ। सुरेश बज्राचार्यले खिच्ने फिल्मलाई बिपिन मल्लले सम्पादन गर्नेछन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.