|

काठमाडौं : नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरूले नेतृत्वलाई दबाब दिन निर्वाचनमा पराजित हुनुको कारणहरू सार्वजनिक गरेका छन्।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाइत्तरका जिल्ला सभापतिहरूले खोटाङको हलेँसीमा भेला आयोजना गरी निर्वाचनमा पराजय हुनुको मुख्य कारण नेतृत्वको अदुरदर्शीता र सरकारमा रहँदा लिएको गलत नीति भएको निष्कर्ष निकालेका हुन्। भेलाले पार्टीका जिल्ला सभापतिहरूको राष्ट्रिय भेला नुवाकोटमा आयोजना गरी पार्टी सुद्धिकरण र सुदृढीकरणको खाका तयार गर्नेसमेत निर्णय गरेको छ।

असन्तुष्ट नेता रामचन्द्र पौडेलनिकट काभ्रे जिल्ला सभापति मधु आचार्य र पूर्वउपसभापति प्रकाशमान सिंहनिकट काठमाडौं जिल्ला सभापति सबुज बानियाँ लगायतका जिल्ला सभापतिहरूको सक्रियतामा भेला आयोजना गरिएको थियो। भेलामा सभापति देउवा पक्षधर कुनै पनि जिल्लाका सभापतिको उपस्थिति थिएन। ‘त्यो भेला कुनै गुट विशेषको होला मलाई थाहा छैन’, मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बूले थाहाखबरसँग भने ‘त्यो भेलाको कुनै वैधानिकता छैन।’

भेलाले निर्वाचनको पूर्वसन्ध्यामा भएका अख्तियार प्रमुख लोकमान सिंह कार्की र तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आएको महाभियोग प्रकरणमा सरकार र पार्टीको भूमिका जनमतविपरीत हुनु र स्थानीय तहका उम्मेदवार छनोट गर्ने अधिकार जिल्लालाई नदिनु पराजयको अर्को कारण भएको बताएका छन्।

भेलाले राष्ट्रिय राजनीतिक मुद्दा नहुँदा र जिल्ला सभापतिको अधिकार कटौति गरी उम्मेदवार चयन लगायतका अधिकार केन्द्रीय कार्यसमितिले लिएकै कारण निर्वाचनमा पराजय बेहोर्नुपरेको निष्कर्ष निकालेको नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले वताए। उनले भने ‘विपक्षीको चुनावी तालमेलबाट हौसिएको जनमतलाई आकर्षित गर्ने नारा, एजेन्डा नहुनु नैं पार्टी पराजयको अर्को कारण हो। 

भेलाले निर्वाचनको पूर्वसन्ध्यामा भएका अख्तियार प्रमुख लोकमान सिंह कार्की र तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आएको महाभियोग प्रकरणमा सरकार र पार्टीको भूमिका जनमतविपरीत हुनु र स्थानीय तहका उम्मेदवार छनोट गर्ने अधिकार जिल्लालाई नदिनु पराजयको अर्को कारण भएको बताएका छन्।

भेलाले स्थानीय निर्वाचनमा एउटै पदमा दुई वा तीन जनासम्मलाई टिकट दिएर पठाउनु, लोकतान्त्रिक गठबन्धनको हल्ला गरेर संघीय समाजवादी फोरम, राष्ट्रिय जनाता पार्टीसँग तालमेल गर्न नसक्नु, जनाधार नभएका साना दलसँग निरर्थक तालमेल गर्नु  र स्थानीय निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्नु तर सोही गठबन्धन प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनसम्म टिकाउन नसक्नु पनि निर्वाचन पराजयको कारण भएको निष्कर्ष निकालेको छ। 

उनीहरूले विपक्षीले लगाएका आरोपको खण्डन गर्न नसक्नु, पार्टीभित्रको गुट उपगुट अन्त्य गर्ने नीति अख्तियार नहुनु र जिल्लामा आन्तरिक विवादले पार्टी कमजोर हुँदा निर्वाचनमा पार्टीले हार बेहोर्नुपरेको बताए। 

पार्टीको विधान परिमार्जन आवश्यक भएकोले त्यस्तो प्रस्ताव पेस गर्न काभ्रेका जिल्ला सभापति मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति निर्माण गरिएको नुवाकोट सभापति केसीले जनाए। उनले भने, ‘पार्टी निर्वाचनमा पराजय हुनुको दोष जिल्ला सभापतिदेखि वडा सभापतिसम्मले लिनुपर्छ भन्ने निष्कर्ष हाम्रो भेलाको हो।’

भेलामा जिल्ला सभापतिहरू कालीकोटका हर्षबहादुर बम, पाँचथरका नरेन्द्र केरुङ, सिन्धुलीका उज्ज्वल बराल, धादिङका रमेश धमला, काठमाडौंका सबुज बानियाँ, रामेछापका लवश्री न्यौपाने, सल्यानका गणेश चन्द, चितवनका जितनारायण श्रेष्ठ र प्युठानका अमरप्रसाद भण्डारीसहित ३५ जनाको उपस्थिति थियो। भेलामा सात नम्बर प्रदेश र दुई नम्बर प्रदेशबाट भने कुनै पनि जिल्लाका सभापतिको उपस्थिति नरहेको सिन्धुली सभापति बरालले थाहाखबरलाई बताए। 

चार नम्बर प्रदेशका सभापति कृष्ण केसी भेलामा सहभागी हुन चाहे पनि ढिलो गरी काठमाडौं आएकोले हलेसी लैजान नसकिएको एक सभापतिले बताए। भेलाले पञ्चायतकालदेखि माओवादीको सशस्त्र युद्धकालमा मारिएका सबैलाई सहिद घोषणा गर्नुपर्ने माग पनि गरेको छ। भेलाले मिर्गौला रोगी, स्पाइनल इन्ज्योरी जस्ता घातक रोगबाट अपा‌ंग भएका बिरामीलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराएकोमा सरकारलाई धन्यवादसमेत दिएको छ।

प्रत्येक पाँच वर्ष हुने भनिएको पार्टीका जिल्ला सभापतिहरूको भेला यसअघि काठमाडौं, सिन्धुपाल्चोक र काभ्रेमा भइसकेको छ। नुवाकोटमा हुने सभापतिको राष्ट्रिय भेला भने चौथो हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.