|

भोजपुर : भोजपुरको टेम्केमैयु गाउँपालिका–२ छिनामखुका एक वृद्धले विद्यालयलाई नौ लाख बराबरको जग्गा निःशुल्क दान गरेका छन्। छिनामखुका स्थानीय ८० वर्षीय वृद्ध भगीरथ राईले जनजागृति प्राथमिक विद्यालयका लागि नौ लाख मूल्य बराबरको जग्गा दान गरेका हुन्।

उनले विद्यालयका लागि १३ रोपनी जग्गा निःशुल्क दान गरे। उनले दान गरेको उक्त जग्गा विद्यालयको नाममा पास भइसकेको विद्यालयका प्रधानाध्यापक रामप्रसाद राईले जानकारी दिए। उक्त जग्गामा अहिले नै विद्यालयको भवन निर्माणको कुनै पनि योजना नभएकोले त्यस जग्गालाई भाडामा लगाएर त्यसको आम्दानी बाट विद्यालयको शैक्षिक तथा आर्थिक गुणस्तर सुधारमा प्रयोग गरिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.