|

काठमाडौं : नायिका श्वेता खड्काको निर्माणमा तयार भएको फिल्म 'कान्छी'को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यस फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, रोमान्स र रोदनलाई देखाइएको छ।

श्वेता खड्का, दयाहाङ राई, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यैपाने, भूमिका श्रेष्ठ फिचरिङ ट्रेलरमा फिल्मका अन्य मुख्य कलाकार प्रज्वल सुजल गिरी र अनु शाहलाई भने देखाइएको छैन।

फागुन ४ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका छन्। मुस्ताङ, अपर मुस्ताङ, जोमसोम, राजधानीलगायतका ठाउँमा खिचिएको यस फिल्ममा शैलेश खड्का निर्माताको रूपमा रहेका छन्। रविन खड्का यस फिल्मका सहनिर्माता हुन्।

'काया फिल्मस्' र 'बुम रेमिट'को ब्यानरमा निर्माण भएको यस फिल्ममा अर्जुन पोखरेल, राजनराज सिवाकोटी, शम्भुजित बाँस्कोटाको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व समावेश छ। पुरुषोत्तम प्रधानले खिचेका फिल्मलाई वनीष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

हेर्नुहोस् ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.