|

बाँके : लोककलाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ तीन दिने प्रशिक्षण, कार्यशाला तथा गोष्ठी मंगलबारदेखि कोहलपुरमा सुरु भएको छ। कार्यक्रम नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, लोककला विभागको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहकार्यमा भएको हो।

कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले लोककला र साहित्य राष्ट्रको पहिचान भएकाले यसको विकासका लागि सबैले सहयोग गर्नुपर्ने बताए। उनले भने, ‘मौलिक कला र संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्न तयार छौँ।’

कार्यक्रममा प्रतिष्ठानका लोककला विभागका प्रमुख एवम् प्राज्ञ परिषद् सदस्य एससी सुमनले लोककलाका दृष्टिले दाङ, बर्दिया, बाँके, कपिलवस्तुलगायतका क्षेत्र उर्वर रहेकाले त्यसलाई राष्ट्रियस्तरमा चिनाउन कार्यक्रम आयोजना गरिएको बताए। उनले भने, ‘स्थानीय लोककलाको विकासका लागि प्रतिष्ठानले देशैभर काम गरिरहेको छ।’

पूर्णिमामार्फत कला साहित्यका विभिन्न कार्यक्रम गरिएको हाम्रो पूर्णिमा प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले बताए। उनले भने, ‘स्थानीय लोककलालाई प्रवद्र्धन गर्न प्रज्ञाप्रतिष्ठानसँग मिलेर आगामी दिनमा काम गर्नेछौँ।’ 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मधु शाहीले नेपाली कलालाई समृद्ध बनाउन प्रशिक्षण, कार्यशाला तथा गोष्ठी महत्त्वपूर्ण हुने बताइन्। कार्यक्रमको सन्दर्भ पारेर लोककलाका क्षेत्रमा योगदान दिने दाङका डम्बरबहादुर चौधरी, बाँकेका विष्णु कुमाल र कापिलवस्तुका रामदयाल ठाकुरलाई सम्मान गरिएको छ।

कार्यक्रममा ललितकला पत्रकार समाजका कार्यसमिति सदस्य विनिता मरहट्टा, ईन्द्रराज पौडेल, विष्णु बेल्वासेलगायतले मन्तव्य राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.