|

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले चोरी गरेको नगद र मोबाइलसहित एक बालकलाई पक्राउ गरेको छ।

प्रहरी चौकी वारी बेनीबाट प्रहरी सहायक निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा खटिएको गस्ती टोलीले ११ वर्षका श्याम दमै (नाम परिवर्तन)माथि शंकाको आधारमा चेकजाँच गर्दा नगद एक लाख २० हजार रुपैयाँसहित सामसुङ जे सेभेन मोबाइल फेलापारेको हो।

दमै जिल्लाको जलजला गाउँपालिका– ३ वारी बेनीका बासिन्दा हुन्।

उनको साथबाट भेटिएको नगद र मोबाइल जलजला गाउँपालिका– ३ वारी बेनीकै विक्रम सुवेदीको पसलबाट चोरी भएको पाइएको प्रहरीले बताएको छ। बरामद रकम र मोबाइल मंगलबार नै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले सुवेदीलाई हस्तान्तरण गरेका छन्। 

चोरीमा संलग्न बालकलाई भने अब आइन्दा यस्ता कार्यमा नलाग्न सम्झाईबुझाई अभिभावकको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.