|
राष्ट्रियसभा उम्मेदवार तय गर्न बालकोटमा बसेको एमाले स्थायी समिति बैठक।

काठमाडै : नेकपा एमालेले राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाएको छ। अध्यक्ष केपी शर्मा ओली निवास बालकोट भक्तपुरमा बुधबार सुरु भएको स्थायी कमिटी बैठक बिहीबार राष्ट्रियसभा उम्मेदवारको नामावली टुंग्याएर सकिएको हो।

बुधबार तीन प्रदेशबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार हुनेहरुको नामावली टुंग्याएको एमालेले आज प्रदेश १, २, ३ र ४ बाट उम्मेदवार हुने नेताहरुको नामलाई अन्तिम रुप दिएको हो।

एमालेले राष्ट्रियसभाका निर्वाचका ५६ मध्ये २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिने सहमति भएको छ।

स्थायी कमिटी बैठकले प्रदेश १ बाट पाँच, प्रदेश २ बाट एक, प्रदेश ३ बाट छ र प्रदेश ४ बाट चार गरी १६ जनाको नाम टुंगो लगाएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

एमालेबाट राष्ट्रियसभा उम्मेदवार बनेकाहरुमा पोलिटब्यूरो सदस्य परशुराम मेघी र बेदुराम भुषालदेखि चुनावको केही अघिमात्रै पार्टी प्रवेश गरेकी गायिका कोमल वलीसम्म रहेका छन्। मेघी पहिलो संविधानसभामा एमालेका संसदीय दलका सचेतक समेत हुन्। एमालेबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनेकामध्ये मेघी वरिष्ठ नेता हुन्।

वली एमाले प्रवेश गर्नुअघि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय थिइन्। राप्रपाकी निर्वाचित केन्द्रीय सदस्य वली प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन पहिले एमालेमा प्रवेश गरेकी हुन्। 

राष्ट्रियसभामा कुन प्रदेशबाट कसलाई उम्मेदार बनायो एमालेले:

प्रदेश १

नैनकला ओझा (महिला) मोरङ

खेम नेपाली (दलित) मोरङ

हरिचरण सिवाकोटी (खुला) झापा

परशुमेघी गुरुङ (खुला) संखुवासभा

अगम बान्तवा (अल्पसंख्यक) इलाम

प्रदेश २

सुमन प्याकुरेल (खुला) सप्तरी

प्रदेश ३

पार्वती रावल (महिला) चितवन

उदया शर्मा (महिला) काठमाडौं

सिंहबहादुर विक (दलित) सिन्धुपाल्चोक

बलराम बाँस्कोटा (खुला) काठमाडौं

बेदुराम भुसाल (खुला) काठमाडौं

रामचन्द्र राई दनुवार (अल्पसंख्यक) मकवानपुर

प्रदेश ४

रामबहादुर थापा (अपांगता) स्याङ्जा

गणेश तिमिल्सिना (खुला)

पर्वत शान्ति अधिकारी (महिला) बागलुङ

दीपा गुरुङ (महिला) लमजुङ

प्रदेश ५

रामलखन हरिजन (दलित) पश्चिम नवलपरासी

खिमलाल भट्टराई (खुला) रुपन्देही

मीना बुढा (महिला) रोल्पा

कोमल वली (महिला) दाङ

प्रदेश ६

कविता बोगटी (महिला) हुम्ला

नन्दा शर्मा (महिला) सुर्खेत

नरपति लोहार (दलित) कालीकोट

भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट

ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुम

प्रदेश ७

कमला ओली (महिला) कैलाली

इन्दु कडेरिया विष्ट (महिला) कञ्चनपुर

शेरबहादुर कुँवर (खुला) अछाम

चक्रप्रसाद स्नेही (दलित) डडेलधुरा

राष्ट्रियसभा निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। राष्ट्रियसभाको निर्वाचन माघ २४ गतेका लागि तय गरिएको छ।

यी पनि पढ्नुहोस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.