|

पर्वत : जिल्लाको महाशिला गाउँपालिकामा १७ वर्षपछि राष्ट्रिय वाणिज्य बैंक पुनर्स्थापना भएको छ। सशस्त्र द्वन्द्वका समयमा विस्थापित बनेको राष्ट्रिय वाणिज्य बैंकले गाउँपालिकाको वडा नं. ५ लुंखु देउरालीमा पुनः सेवा सुरु गरेको हो। बैंकले गाउँमा पुनः सेवा सञ्चालन गरेपछि गाउँलेले बाजागाजासहित नाचगान गरेर बैंकलाई स्वागत गरेका छन्।

बैंकको शाखा पुनर्स्थापना भएपछि गाउँमा बैंकको अभावमा सास्ती खेप्दै आएका स्थानीयवासीका साथै गाउँपालिकामा रहेका सरकारी कार्यालयले समेत सेवा लिन कुस्मा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ। यस शाखाले सञ्चालनमा आएपछि स्याङ्जा जिल्लाका सेवाग्राहीहरू समेत लाभान्वित भएका छन्। 

लुंखुदेउरालीमा ०३८ देखि कारोबार गर्दै आएको बैंक ०५८ मा तत्कालीन नेकप माओवादीको गरेको सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएको थियो। 

जिल्लाकै फलेवास नगरपालिकामा पनि केही दिनमै बैंकले शाखा पुनर्स्थापना गर्ने बताइएको छ। फलेवास शाखा पनि सशस्त्र द्वन्द्वकै बेलामा विस्थापित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.