|

काठमाडौं : नेपाली कांग्रेसले २ नम्बर प्रदेश बाहेकका अरु प्रदेशबाट राष्ट्रियसभामा उम्मेदवारको नाम टुङ्गो लगाएको छ। कांग्रेसले प्रदेश १ बाट रमेशजंग रायमाझी र प्रदेश ३ बाट राधेश्याम अधिकारीको नाम टुङ्गो लगाएको हो।

कांग्रेसले प्रदेश २ बाट पनि जितेन्द्र देवको नाम टुङ्गो लगाएको छ। २ नम्बर प्रदेशमा अर्को एक उम्मेदवरा पनि उठाउन थालेको कांग्रेसले कुन भागमा र कुन 'क्लष्टर'मा सिट बाँडफाँड गर्ने भन्ने टुङ्गो लगाउन अहिले संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग छलफल हुन लागेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

२ नम्बर प्रदेशमा राजपा र संघीय समाजवादी फोरमसँग तालमेल गरेर जाने सहमति भएकाले कुन भागमा र कुन क्लष्टरमा उम्मेदवार उठाउने भन्ने टुङ्गो लगाउन अहिले छलफल हुन लागेको शर्माले बताए। कांग्रेसले मंगलबार राष्ट्रियसभा निर्वाचनका लागि १६ जना उम्मेदवार छनोट गरिसकेको छ।

पढ्नुस्, चार वटा प्रदेशका उम्मेदवारका नाम : कांग्रेसले ४ वटा प्रदेशबाट राष्ट्रियसभाका उम्मेदवार छान्यो, को को परे? 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.