|
तस्बिर : तारा लामा तामाङको फेसबुकबाट

डडेल्धुरा : प्रदेश नं. ७ का पहाडी जिल्लाहरूमा गएरातिदेिख हिमपात सुरु भएको छ। जिल्लामा हिमपातका कारण पहाडी जिल्लामा अत्याधिक चिसो बढेको छ। 

पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायतका जिल्लाका लेकाली भेगमा गएराति पानी परेसँगै बुधबार बिहानदेखि उक्त क्षेत्रमा हिमपात सुरु भएको हो।

डडेल्धुरा सदरमुकाममा बुधबार बिहान ५ बजेदेखि हिमपात सुरु भएको छ। उच्च लेकाली भागमा राति नै हिमपात भएको हो। भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरालगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन सञ्चालनमा कठिनाइ आएको छ। 

हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन्। एक्कासी बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा न्यून आय भएका नागरिक बढी प्रभावित भएका छन्। 

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले राहत पुर्‍याएकाे छ। बाक्लो हिउँ परेसँगै किसानहरू भने खुशी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.