अछाम : जिल्लाका उच्च पहाडी भेगमा हिमपात सुरु भएको छ। जिल्लाको रामारोशन, कमलबजार, कालेकाडा, मेल्लेख, पुल्लेतोला सान्तडा, ठुलासैनलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो। हिमपात सङ्गै जिल्लाभर सामान्य वर्षा पनि भएको छ।
हिमपात तथा वर्षाका कारण स्थानीयको दैनिक कामकाज प्रभावित बनेको छ। हिमपातसँगै चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित बनेका छन्।
हिउँदमा पानी नपर्दा दुःखी भएका यस क्षेत्रका किसानहरू भने पानी परेपछि खुशी भएका छन् ।
क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाका अनुसार बुधबार दिनभर अछामलगायतका जिल्लामा पानी पर्ने र बिहीबारदेखि मौसम सफा हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।