|

सुनसरी : सुनसरीको बराह नगरपालिका–५ स्थित भरौलबाट ५१ किलो गाँजासहित दम्पती पक्राउ परेको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भरौलबाट खटिएका प्रहरी टोलीले मंगलबार साँझ ५० वर्षीय रामबहादुर राई र श्रीमती ५२ वर्षीया मतिश्वरी राईको घरबाट ५१ किलो गाँजा बरामद गरेको हो। प्रहरीले गाँजासहित उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा थुनामा राखी अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.