कालिकोट : कर्णालीका पहाडी जिल्लाहरूमा मंगलबार रातिदेखि हिमपात शुरू भएको छ। हिमपातसँगै चिसो बढेपछि कर्णालीका पाँचै जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोटको माथिल्ला क्षेत्रको जनजीवन प्रभावित भएको छ।
रातिदेखि बिहानसम्म लगातार हिउँ पर्दा तीन फिटभन्दा बाक्लो जमेको छ। हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गतको जुम्लाको नाग्म हुँदै मुगु सदरमुकाम गमगढी जोड्ने सडकखण्ड बन्द भएको छ।
लामो समयदेखि वर्षा नभएकाले चिन्तित किसान भने हिमपात भएपछि खुसी भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।