|

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि सबै प्रदेशबाट उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रियसभा निर्वाचनका लागि बुधबार हुने उम्मेदवारी दर्ताका लागि कांग्रेसले थप उम्मेदवार टुंगो लगाएको हो।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर १ बाट पार्टी केन्द्रीय सदस्य सरिता प्रसाई (महिला) र रमेशजंग रायमाझीको नाम टुंगो लगाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। यस्तै, प्रदेश–२ बाट जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादवको नाम टुंगो लगाएको पार्टी स्रोतले जनाएको छ। यस्तै, प्रदेश नम्बर ३ बाट राधेश्याम अधिकारी, धना खतिवडा, हरिशरण नेपाली र मदनकृष्ण श्रेष्ठको नाम टुंगो लगाएको शर्माले थाहाखबरलाई जानकारी दिए।

शीर्ष बैठकले सोमबार नै प्रदेश– ७ बाट केन्द्रीय सदस्य बद्री पाण्डेलाई खुला सदस्यतर्फ उम्मेदवार बनाउने निर्णय गरिसकेको थिया। यस्तै, कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेतृ वृन्दा राना मगर, जीतबहादुर नेपाली र  प्रकाश पन्त (अपांगतातर्फ)लाई प्रदेश–४ बाट राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रदेश–५ बाट दुर्गाप्रसाद उपाध्याय, अनिता देवकोटा, मैकुलाल बाल्मीकि र लुटबहादुर खत्री (अपांगतातर्फ)लाई उम्मेदवार बनाएको छ।

कांग्रेसले प्रदेश–६ बाट विष्णुबहादुर शाही, सूर्यदेवी मल्ल, सीताराम विके र गोपालप्रसाद शर्मा (अपांगतातर्फ)लाई उम्मेदवार बनाएको छ। कांग्रेसले यसअघि नै प्रदेश–७ बाट बद्री पाण्डे, तारादेवी भट्ट, शेरीराम पार्की र छत्रराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। प्रत्येक प्रदेशमा ८\८ जना उम्मेदवार उठाउनुपर्छ। तीन महिला, तीन खुला, एक दलित र एक अपांगता भएका वा अल्पसंख्यकका लागि सिट सुरक्षित गरिएको हुन्छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.