सिमकोट : बुधबार बिहानदेखि हुम्लामा हिमपात हुँदा हुम्लाको जनजीवन कष्टकर बनेको छ। हुम्लामा यो वर्ष पहिलो पटक हिमपात भएको छ। मंगलबार राति १२ बजेदेखि सुरु भएको हिमपात हुम्लाको उतरी साविक गाविसका लिमी, मुचु, खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँ सिमकोट लगायतका गाउँहरुमा हिमपात भएको हो।
गत वर्षभन्दा यस वर्षमा केही समय ढिला हिमपात भएको छ। चिसोले अधिकांश गाउँमा जाडोबाट बाँच्न, बिजुली बाट हिटर, आगो बालेर तापिरहेको खबर लिमी बाट पाल्जोर तामाङले जानकारी गराए।
हुम्लाका अधिकांस गाविसमा हिमपातले गर्दा चिसो बढेको छ। अहिले हुम्लामा हिंपात हँदा एसइइ परिक्षा दिने विद्यार्थी अध्यापनमा समेत प्रभावित बनाएको छ। हिमाली भेकमा रहेको गाउँपालिकामा रहेका विद्यालयहरुमा यति खेर तयारी कक्षा संचालन गर्न समेत समस्या भएको मानसरवर उमाविका शिक्षक अमर बहादुर शाहीले बताए।
उतरी गाउँपालिकामा भारी हिमपात हुँदा नाम्खा गाउँपालिको लिमी, जाँगा, हल्जी र तिल गाउँ भने ५ महिनासम्म सदरमुकाम सिमकोटसम्म आउनविच्छेद बनाएको छ। उता हिमपात हुँदा किसानहरु भने निकै खुसी देखिएका छन्।
हिमपातले खेतबारीमा लगाएको जेठासी बाली सप्रने आशामा हुम्लाका कृषक खुसी देखिन्छन्। हुम्लामा बिहानबाट हिमपात हुँदा हुम्लाका अधिकांस गाउँपालिकाहरुको जनजिवन कष्टघर हुनुको साथै हुम्लको तापक्रम माइनस १२ मा पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।